
झापा, १६ चैत । झापाको कमल गाउँपालिका–३ केर्खामा एक शिशु (बालिका) बेबारिसे अवस्थामा फेला परेकी छिन् ।
आज बिहान स्थानीय लिलाराज थापा (४८ वर्ष) ले आफ्नै घर नजिकको करेसाबारीमा रहेको मकैबारीमा शिशुलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए .। जानकारी पाएलगत्तै प्रहरी चौकी केर्खाबाट टोली खटिएको थियो। स्थानीयबासीको सहयोगमा शिशुलाई उद्धार गरी उपचारका लागि किओच बाल अस्पताल, दमक पठाइएको छ।
अस्पतालका अनुसार बालिकाको स्वास्थ्य अवस्था तत्काल सामान्य रहेको छ। शिशुको आमाको पहिचान खुल्न बाँकी रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


