
झापा, १६ चैत । झापाको मेचीनगर नगरपालिका–१४ पाथिभरा टोलमा बसोबास गर्ने एक महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन् ।
चैत ३ गते पीडित महिलाले बिर्तामोड नगरपालिका–२ का ६२ वर्षीय प्रदिप मित्तलविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता गरेकी थिइन्। जाहेरीपछि प्रहरीले अभियुक्तको खोजतलास जारी राखेको थियो।
आज बिहान अभियुक्त प्रदिप मित्तल आफैं इलाका प्रहरी कार्यालय धुलाबारीमा उपस्थित भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


