
झापा, १८ चैत । गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा डिल्ली बजार कारागार काठमाडौबाट फरार भएका एक कैदी झापाको दमकबाट पक्राउ परेका छन् ।
लागुऔषध कसुरमा कैद भुक्तान गरिरहेका दमक नगरपालिका–८ का ३४ वर्षीय सन्जोग भट्टराई मंगलबार दिउँसो दमक–७ पशुहाटबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक राखिएको छ भने आवश्यक कारबाहीका लागि सम्बन्धित कारागारमा पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


