
झापा, १९ चैत । झापाको बिर्तामोडमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिर्तामोडस्थित चेतन सिटौलाले सञ्चालन गरेको पुजा ग्रीलमा काम गर्दै आएका भारत धुपगढी स्थायी घर भई हाल बिर्तामोडमा बस्दै आएका २३ वर्षीय गोविन्द मण्डलको मृत्यु भएको हो । झापाको अर्जुनधारा–४ भाङबारी स्थित विन्दा बासिनी मन्दिरको कम्पाउण्डमा ग्रिलको काम गर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएकोमा डाक्टरले चेकचाँज मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


