
झापा, २० चैत । झापाको दमकबाट प्रहरीले लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँच जना प्रयोगकर्तालाई पक्राउ गरेको छ ।
बिहीबार राति दमक नगरपालिका–६ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दमक प्रहरीको स्विप अप्रेसन टोलीले अनावश्यक भेला जम्मा हुने, होहल्ला गर्ने, लागुऔषध सेवनकर्ता ५ जनालाई फेला पारी पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box


