
सुनसरी, २३ चैत । सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधीसहित २ जनालाइै पक्राउ गरिएको छ ।
चैत्र २२ गते कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका उदयपुर बेलका नगरपालिका–५ का सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका–१ का सरोज खवासले बोकेको जेब्रा झोला चेकजाँचको क्रममा ट्रामाडोल २ हजार ७ सय ७० क्याप्सुल बरामद भए संगै दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।
सोही दिन बराहक्षेत्र नगरपालिका–५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलामा ट्रामाडोल ६ हजार २ क्यापसुल बरामद भएको थियो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ । नियन्त्रणमा लिइएका दुबैजनाको थप अनुसन्धान भइरहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


