
झापा, २८ चैत । वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै समातिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित शुक्रबार पक्राउ गरेको हो । मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । अख्तियारको टोलीले निजको साथबाट तीन थान मोबाइलसमेत बरामद गरेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


