
भद्रपुर, २९ चैत । भद्रपुर १० देउनियामा रहेको पञ्चकन्या देवी मन्दिर व्यवस्थापन समितिको ८ औ वार्षिक साधारणसभाले यादवप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
चौथो अधिवेशनबाट समितिको उपाध्यक्षमा कृष्ण दाहाल, सचिवमा उतम सुवेदी , सह सचिवमा भीम राई र कोषाध्यक्षमा विष्णुकुमार कोईरालालाई सर्वसम्मत चयन गरिएको हो ।
आगामी ४ वर्षे कार्यकालको लागि गठित समिति सदस्यहरूमा क्रमशः अशोक नेपाल ,मुना रोक्का ,राम चौधरी, गोपाल दाहाल, शिव कोईराला र अशोक रोक्कालाई सर्वसम्मत चयन गरेको छ ।
खुल्ला शत्रको सभाको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गरेका थिए भने सभामा मन्दिरको जगादाता गोपालबहादुर थापा लगायतलाई सम्मान समेत गरिएको थियो । यादव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन मदन अधिकारीले गरेका थिए । कार्यक्रममा भगिरथ नेपाल, खिलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


