
झापा, २९ चैत । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
साँझ ४:३० बजे चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशा तर्फबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा प्र.१-०१-०१२ प ७६३५ नं.को मोटरसाइकल चालक इलाम नगरपालिका-६ का २५ वर्षीय भुपेन्द्र श्रेष्ठको मृत्यु भएको हो । टाउको, खुट्टा र शरीररको बिभिन्न भागमा चोटलागी गम्भिर घाईते भई उपचारका लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा ५:१० बजे चिकित्सकले चेकजाच गरी मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त दुर्घटनामा प्र.१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान-१५ का २७ वर्षीय मनी कुमार देवान, सोहि मोटरसाइकल पछाडि सवार ईटहरी उपनपा-५ का २७ वर्षीय अनिष बस्नेत, को ३१ प ९२९० नम्बरको मोटरसाइकल चालक इटहरी-५ का २९ वर्षीय नन्दबहादुर मगर,
सोही मोटरसाइकल पछाडि सवार इटहरी-१७ का २९ वर्षीय कमल मगर घाइते भएका छन् ।
घाइते उनीहरूको स्पाईनेक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तीनवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारको नियन्त्रणमा रहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


