
झापा, १ बैशाख । झापाको बिर्तामोडस्थित दुई उद्योगमा आज बिहानै आगलागी भएको छ ।
आज बिहान करिब ४ः१५ बजे बिर्तामोड–४ आनन्दरगजस्थित भक्तीप्रसाद उप्रेतीले सञ्चालन गरेको झापाली चिप्स फ्याट्री र सोही स्थानका चन्द्रप्रसाद खरेलले सञ्चालन गरेको सौगात काष्ठ फर्निचरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठ र टिनको छानो भएको एकतले चिप्स फ्याक्ट्री र काठ र टिनको छानो भएको एकतले फर्निचर उद्योगमा भएको आगलागी नियन्त्रणको प्रयास जारी छ । आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोली, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिकको दमकल, सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोली र स्थानीयबासी खटिइरहेका छन् । अगोले अन्य घरहरु भेट्ने सम्भावना नरहेको र आगलगीका कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


