
भद्रपुर, ३ बैशाख । झापाको भद्रपुरमा २२ जना ज्येष्ठ मातालाई सम्मान गरिएको छ ।
यस वर्षको मातातीर्थ औँशीको सन्दर्भ पारेर बुधबार अमर आस्था महिला सोसाइटी भद्रपुरले नगरपालिकाको सभाहलमा ज्येष्ठ माताहरुलाई सम्मान गरेको हो ।
सोसाइटीकी अध्यक्ष भद्रपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा आयोजि समारोहमा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेलले दोसल्ला ओढाएर र मिष्ठान्न भोजन गराएर ज्येष्ठ माातहरुलाई सम्मान गरे ।
सोसाइटीकी सचिव शीला खड्काले सञ्चालन र उपाध्यक्ष शर्मिला अधिकारीले स्वागत गरेको समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, वडा नं २ का वडाध्यक्ष रामबहादुर कँडेल, ४ नं वडाध्यक्ष हंशधर राजवंशी, वडा नं ८ की कार्यवाहक वडाध्यक्ष भगवती वस्नेतलगायतले शुभकामना मन्तव् राख्दै ज्येष्ठ मातापिताहरुलाई सधैभरि माया र सम्मान गर्नुपर्ने बताए ।
समारोहमा अध्यक्ष श्रेष्ठले ‘आमा’को विषयमा मर्मस्पर्शी कविता पनि वाचन गरेकी थिइन् ।


