
सुनसरी, ३ बैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजासहित ओसार पसारमा संलग्न रहेका २ जनालाई पक्राउ गरिएको छ ।
विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले वैशाख १ गते राति बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजासहित ओसार पसारमा संलग्न बराहक्षेत्र नगरपालिका–६ का बिशेस माझी र रोशन श्रेष्ठलाई को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
गाँजासहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भइरहेको छ ।
Facebook Comments Box


