
झापा, ९ बैशाख । झापाको मेचीनगरमा गएराति हात्तीले भन्सा भत्काएर धान खाएको छ ।
हात्तीले आज बिहानको राति करिब १ बजे मेचीनगर–२ थापाचोकमा सोही स्थानका जगन्नाथ वनको भान्सा घर भत्काएर धान खाएको हो । भान्सा पूर्ण रुपमा क्षति गरी भान्सा घर भित्र रहेको करिब ७ मन धान समेत खाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भान्सा घर र धान समेत गरी करिब ३० हजार ५०० बराबरको क्षति भएको जनाइएको छ ।
Facebook Comments Box



