
झापा, ९ बैशाख । झापाको अर्जुनधाराबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बेलुका अर्जुनधारा नगरपालिका–११ बगानस्थित लागुऔषध बिक्री वितरण भइरहेको छ भन्ने सूचनाको आधारमा लागुऔषध व्युरो काँकरभिट्टा, अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा–११ का २५ को संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ प्लाष्टिक बाहेक २७ ग्राम८३० मिलिग्राम बरामद गरेको छ । उनीहरुसँगै बा ४० प ३९९४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box



