
झापा, २४ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिकै कलेजको बस दुर्घटनामा परेको छ ।
आज बिहान शिवसताक्षी–९ चिल्लागढ धाम नजिक भित्रि सकड खण्डमा ब्याङ्डाडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड–१ स्थितमा रहेको इको होम कलेजको प्र १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार चालकसहित ५ जना मध्ये ४ जना समान्य घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पठाइएको र बस चालक प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा बुद्धशान्ति–४ का २४ वर्षीय सहचालक प्रकाश सिलुवाल, शिवसताक्षी–८ का १८ वर्षीय इसान पकवाल, १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेटवाल सामान्य घाइते भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



