
झापा, २३ बैशाख । सरकारले सुकुम्बासीमा बस्तीमा चलाएको डोजरको विरोध गर्दै झापामा पनि सुकुम्बासी आन्दोलित बनेका छन् । अखिल नेपाल सुकुम्बासी संगठन दमक नगर समिति र राष्टि«य अधिकार आयोग नेपाल झापाले आज विरोध प्रदर्शन गरेका छन् ।
दमक–५ गोर्खा डिपार्टमेन्टबाट अखिल नेपाल सुकुम्बासी संगठन दमक नगर समिति झापाको अयोजनामा अखिल नेपाल सुकुम्बासी संघ दमक नगर अध्यक्ष श्याम कुमालको नेतृत्वमा उपस्थित सुकुम्वासी र समर्थकले विभिन्न नाराहरु लेखिएका पम्प्लेटसहित पैदल र्यालि सुरु गरेका थिए ।
उक्त र्याली दमक–६ गणतन्त्र चोक, गोल्डेन गेट, फर्निचर लाइन, देवकोटा चोक, थानारोड गणतन्त्र चोक हुँदै दमक–५ स्थित आकाशेपुलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
यसैगरी, बिर्तामोड–३ मा रहेको दुर्गा मन्दिर अगाडी सुकुम्बासी समस्या समाधानको लागि ध्यानाकर्षण गराउने उद्देश्यले राष्टि«य अधिकार आयोग नेपाल झापाका जिल्ला अध्यक्ष अर्जुनकुमार लिम्बूको नेतृत्वमा भेला भएर विभिन्न प्ले कार्डसहित नाराबाजी गर्दै अदुवा खोलासम्म पुगेर पुनः बिर्तामोड नगरपालिकाको कार्यालयमा आएर ज्ञापन पत्र बुझाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



