
अर्जुनधारा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–८ कदमगाछीस्थित शनिश्चरे–बिर्तामोड सडक खण्डमा मोटरसाइकलले एक साइकल यात्रीलाई ठक्कर दिएको छ ।
बिहीबार राति शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र.१–०१–०१२प ८०२६ नम्बरको मोटरसाइकलले सोही दिशामा जाँदै गरेका ६१ वर्षीय साइकलयात्री राजकुमार चौधरीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट चौधरीको टाउकोमा चोट लागेको छ भने हाल शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको अवस्था हाल मध्यम रहेको छ ।
चालक र सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



