
झापा, २५ बैशाख । पहिलोपटक स्वास्थ्य सेवा क्षेत्रमा ठूलो संख्यामा जनशक्ति थप गरिँदै छ।
निशा मेहता स्वास्थ्यमन्त्री बनेपछि ३४ वर्षपछि स्वास्थ्य सेवामा ९७७ नयाँ स्थायी दरबन्दीका लागि अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएको हो । स्वास्थ्यमन्त्री मेहताको नेतृत्वमा अघि बढेको यो निर्णय अब मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ लागु हुने उनको सचिवालयले जानकारी दिएको छ ।
देशको जनसंख्या ३ करोड पुग्दा पनि ३४ वर्षदेखि स्थायी दरबन्दीको ढाँचा पुरानै संयन्त्रमा खुम्चिएको थियो । तीन दशकको रिक्ततापछि अहिले ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ पद सिर्जना गरिनु नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य सेवालाई आधुनिक र जनमैत्री बनाउने जग बसाल्ने निर्णायक कदम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार यसअघि अन्तिमपटक २०४८ सालमा ठुलो स्तरमा दरबन्दी सिर्जना गरिएको थियो, जतिबेला देशको जनसंख्या १ करोड ८० लाख मात्र थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



