
झापा, २५ बैशाख । झापाको दमक नगरपालिका–७ श्रीपाली चोकस्थित भित्रि सडक खण्डमा मोटरसाइलक आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
गएराति १२ बजे दमक–७ श्रीपाली चोकस्थित भित्री सडक खण्डमा श्रीपाली चोकबाट पशुहाटतर्फ जाँदै गरेको प्र.१–०२–०५७ प ७९११ नम्बरको मोटरसाइलक आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइलक चालक भोजपुर ट्याम्के मयुँम–३ का ३९ वर्षीय रविचन्द्र गिरी घाइते भएका हुन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको छ भने दमक अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको अवस्था मध्यम रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



