
झापा, २६ बैशाख । झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पले टोकेर एक बालक गम्भीर घाइते भएका छन् ।
आज बिहान स्थानीय कर्ण बहादुर राईका ७ वर्षीय छोरा सायंक राईलाई आफ्नै घरको कोठामा खेलिरहेको अवस्थामा गोमन सर्पले दाहिने खुट्टामा डसेको थियो ।
घाइते बालकलाई तत्काल दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राखिएको छ। बालकको अवस्था गम्भीर र बोल्न नसक्ने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



