
भद्रपुर, २६ बैशाख । वैदिक समाज झापाको सातौं अधिवेशनले लोकबहादुर कुँवरको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति गठन गरेको छ ।
निर्वाचन समिति संयोजक मिरादेवी पौडेलका अनुसार ४ वर्षे कार्यकालका लागि कुँवरको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति गठन गरिएको हो । समितिको सचिवमा द्रोण अधिकारी, कोषाध्यक्षमा रेवतीराज घिमिरे निर्विरोध चयन भएका छन् भने सदस्यहरू क्रमशः राजु वराल, डिल्लीरमण नेपाल, पदम दाहाल र प्रशोत्तम कार्की चयन भएका हुन् ।
यसैगरी, संस्थाको सल्लाहकारमा निर्वतमान अध्यक्ष मिरादेवी पौडेलको संयोजकत्वमा पुरूषोत्तम अधिकारी र दिपेन्द्र भट्टराईलाई छनौट गरिएको छ । नवनिर्वाचित अध्यक्ष कुँवरले संस्थालाई चलायमान बनाउन वैदिक साधना तथा बाल शिक्षा कार्यक्रमलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, कोषाध्यक्ष रेवतीराज घिमिरेले संस्थाको स्तर उन्नति अन्र्तगत निर्माणाधीन सामुदायिक भवन पूरा गर्ने तथा अधुरो शौचालय निर्माण सम्पन्न गर्न विभिन्न दाता तथा स्थानीय सरकारसित सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



