
झापा, ३ जेठ । झापाको कमल गाउँपालिका–१ इट्टाभट्टास्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
शनिबार साँझ सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्करबाट कमल–१ का ७० वर्षीय शंखरप्रसाद ढुङ्गानाको मृत्यु भएको हो ।
घाइते उनलाई निम्स अस्पताल दमकमा ल्याएर सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गराएको थियो । उपचारकै क्रममा राति ११ः४५ बजे ढुङ्गनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक कमल–१ का ३५ वर्षीय लुडो सतार र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।
Facebook Comments Box


