
झापा, ३ जेठ । झापाको गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटोछेउको पैनीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
आइतबार साँझ करिब ४ः४५ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–५ मौलीबारी स्थायी घर भई हाल विगत ७ वर्षदेखि छोरी सविना हस्दाको घरमा गौरादह–२ लोदावारीमा बस्दै आएका ६० वर्षीय बाबुराम हस्दा पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।
स्थानीय चक्रबहादुर राई र शिरुलाल ताजपुरिया लगायतले जीवित छन् कि भन्ने उद्देश्यले तत्काल उनलाई पैनीबाट बाहिर निकालेका थिए । तर, जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर साँझ ६ः२५ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि उर्लाबारी मंगलबारे अस्पताल मोरङ पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


