
झापा, ४ जेठ । झापाबाट अवैध रूपमा भारततर्फ लैजान लागिएको स्याउ बरामद गरिएको छ ।
आइतबार दिउँसो करिब २ः५० बजे झापा गाउँपालिका–१ बिलाईतिबारीस्थित बारुद्धिन शेखको घरमा नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा सुरक्षा निकायले छापा मारेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल को बीओपी टाघनडुब्बाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय कुमरखोद बाट खटिएको संयुक्त टोलीले घरमा लुकाईछिपाई राखिएको बिलबिजकविहीन ५४ कार्टुन स्याउ बरामद गरेको हो ।
बरामद गरिएको स्याउको तौल १ हजार ८० किलोग्राम रहेको छ भने यसको अनुमानित मूल्य ३ लाख २४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


