
काठमाडौँ, २३ पुस । सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
यसअघि ३० प्रकारका औषधि प्रविबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पुर्याएको छ ।
औषधिहरुको सूची भने गोप्य राखिएको छ । प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागमा सूचना अधिकारी सन्तोष केसीले बताए । प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाटै हटाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

