
झापा, २५ जेठ । झापाको बिर्तामोड नगरपालिका–६ स्थित न्युटन अंग्रेजी स्कुल नजिकबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार राति करिब ९ बजे राजु राजवंशीको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी बाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गरेको थियो । तलासीका क्रममा कोठाबाट प्लास्टिकबाहेक करिब ३ ग्राम प्रतिबन्धित लागुऔषधजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा २८ वर्षीय राजु राजवंशी र ३० वर्षीय विक्रम भन्ने अभिनास चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


