
झापा, २५ जेठ । झापाको झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्ती क्षेत्रमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । आइतबारसाँझ करिब ५ः३० बजे प्रहरी चौकी टाघनडुब्बा बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका एक युवकलाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा झापा गाउँपालिका–१ रङ्गेथान निवासी २० वर्षीय जीवन राजवंशीले साइकलको ह्यान्डलमा कालो प्लास्टिकभित्र लुकाएर ल्याउँदै गरेको १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। लागुऔषध र साइकलसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
Facebook Comments Box


