
अर्जुनधारा, २७ जेठ । डिल्लीराम पोखरेल स्मृति प्रतिष्ठान झापाले अर्जुनधारा नगरपालिका वडा नं–९ स्थित कालीस्थान माविमा अध्ययनरत बालबालिकालाई स्कुल ब्याग वितरण गरेको छ ।
विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बालकक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीष्म मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । माध्यमिक तहको उक्त विद्यालयमा बालशिक्षा लिनेदेखि कक्षा–५ सम्मका विद्यार्थीहरुलाई प्रतिष्ठानले झोला वितरण गरेको हो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेल, सदस्य जयधर्म पोखरेल, कालिका संस्कृत विद्यापीठका प्राचार्य आ. रघुनाथ रिजाल, विद्यालय ब्यवस्थापन समिति एवं अर्जुनधारा नगरपालिका वडा नं–९ का अध्यक्ष भिष्म मिश्र, विद्यालयका प्रधानाध्यापक इन्द्र उप्रेती लगायतले बालबालिकालाई झोला वितरण गर्नुभएको थियो । कार्यक्रममा सहजीकरण कालीस्थान माविका शिक्षक कुमार मिश्रले गर्नुभएको थियो ।


