झापा, २८ असार । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार देशका २३ जिल्ला र त्यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक सुन्तला रङ दिँदै आज बाढीको उच्च जोखिम रहेको जनाएको छ । आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना छ ।

बाढी महाशाखाले सचेत गराउँदै भनेको छ, ‘उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’



