
झापा, १० साउन । नेपाल प्रेस युनियनले केन्द्रीय सदस्य पदमा सात जना तथा आमन्त्रित केन्द्रीय सदस्यमा दुई जनालाई मनोनयन गरेको छ ।
नेपाल प्रेस युनियनको विधान २०६८ को छैटौं संशोधन २०७९ को धारा २१ (झ) बमोजिम विभिन्न जिल्लाका पत्रकारलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको जनाइएको छ।
मनोनयनमा परेका सदस्यहरूले युनियनको मूल्य, मान्यता, आदर्श, प्रेस स्वतन्त्रता तथा पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास युनियनले व्यक्त गरेको छ।
केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमा कृष्ण सिग्देल (स्याङ्जा), बसन्त कुमार उपाध्याय (बाँके), परमेश्वर अधिकारी (लमजुङ), शैलेन्द्र झा (जनकपुर), राजेन्द्र गौतम (झापा), गोपाल भण्डारी (कपिलवस्तु) र भवानी अधिकारी (स्याङ्जा) रहेका छन्।
त्यसैगरी, डीबी बिष्ट (बझाङ) र बाबुराम सुवेदी (सुनसरी) लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल ले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।


