
झापा, १२ साउन । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार असारसम्मको बिलमा भ्याट तिरेका उपभोक्ताको उक्त रकम अग्रिम भुक्तानीका रूपमा कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिनेछ।
आन्तरिक राजस्व विभागले पनि असार मसान्तसम्मको विद्युत् खपतमा भ्याट नलाग्ने स्पष्ट पार्दै साउन १ गतेपछि हुने विद्युत् खपत तथा डिमाण्ड चार्जमा भने नियमानुसार भ्याट लाग्ने जनाएको छ।
यसअघि असारसम्मको बिलमा भ्याट जोडिएपछि उपभोक्ताले गुनासो गरेका थिए। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको चासोपछि प्राधिकरणले आवश्यक स्पष्टोक्ति दिएको हो।
Facebook Comments Box


