
झापा, २० साउन । सरकारले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार नीतिले खाद्य सुरक्षा, कृषकको आय वृद्धि, कृषि उत्पादन विस्तार, आयात प्रतिस्थापन र कृषि निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। साथै, कृषि यान्त्रिकीकरण, न्यूनतम समर्थन मूल्य, कृषि बिमा, सहुलियतपूर्ण ऋण, जलवायु अनुकूल कृषि प्रणाली तथा डिजिटल प्रविधिको प्रयोगलाई पनि विशेष जोड दिइएको छ।
मन्त्रालयले नीति प्रभावकारी रूपमा कार्यान्वयन भएमा खाद्य आत्मनिर्भरता, रोजगारी सिर्जना, कृषि निर्यात वृद्धि तथा समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
Facebook Comments Box


