
मेष
मेष राशि हुनेहरूका लागि आज स्वास्थ्यमा समस्या देखिन सक्छ। पढाइ–लेखाइमा मन जानेछ। आफन्तबाट सुख तथा सहयोग प्राप्त हुनेछ। घरपरिवारमा विभिन्न समस्या आइपर्न सक्छन्। त्यसैले स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।
वृष
वृष राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ। मेहनत गरेअनुसारको फल प्राप्त हुनेछ। पराक्रम बढ्नेछ भने दाजुभाइबाट साथ तथा सहयोग मिल्नेछ। विभिन्न स्थान तथा विभिन्न माध्यमबाट धन प्राप्त हुने योग रहेको छ।
मिथुन
मिथुन राशि हुनेहरूका लागि आजको दिन केही प्रतिकूल रहनेछ। अनावश्यक धन खर्च हुन सक्छ। काममा बाधा–अड्चन आउनुका साथै बचत गरेको धनसमेत खर्च हुन सक्छ। आफन्तसँगको सम्बन्धमा खटपट हुने सम्भावना रहेको छ।
कर्कट
कर्कट राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ। नसोचेको काम बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ भने भाग्यले पनि साथ दिनेछ। मिष्ठान्न भोजन प्राप्त हुने अवसर मिल्नेछ। बोलेका तथा थालेका काम पूरा हुनेछन्।
सिंह
सिंह राशि हुनेहरूका लागि आजको दिन केही प्रतिकूल रहनेछ। अपमानित हुनुपर्ने अवस्था आउन सक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। गोप्य रूपमा गर्न खोजिएका काममा समस्या आउन सक्छ। खर्चसमेत बढ्ने सम्भावना रहेको छ।
कन्या
कन्या राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ। आम्दानीका स्रोत बढ्नेछन्। व्यापार–व्यवसायमा सफलता मिल्नेछ। सवारी साधन लाभ हुने योग रहेको छ। मान–सम्मान प्राप्त हुनेछ।
तुला
तुला राशि हुनेहरूका लागि आजको दिन राम्रो रहेको छ। रोजगारीका लागि नयाँ अवसर तथा ढोका खुल्नेछन्। प्रसिद्धि प्राप्त हुनेछ। खुसीको खबर सुन्न पाइनेछ। कृषिकार्यबाट पनि सफलता मिल्ने योग रहेको छ।
वृश्चिक
वृश्चिक राशि हुनेहरूका लागि आजको दिन केही प्रतिकूल रहनेछ। यात्राका क्रममा विभिन्न समस्या आउन सक्छन्। भाग्यले साथ नदिँदा बन्न लागेका कामसमेत रोकिन सक्छन्। सम्बन्धमा खटपट हुने सम्भावना रहेको छ।
धनु
धनु राशि हुनेहरूका लागि आजको दिन प्रतिकूल रहनेछ। यात्रामा कष्ट हुन सक्छ। मनमा डर तथा चिन्ता रहिरहन सक्छ। स्वास्थ्यमा समस्या आउनुका साथै घाउचोटको सम्भावना पनि रहेको छ। आफन्तसँगको सम्बन्धमा असर पर्न सक्छ।
मकर
मकर राशि हुनेहरूका लागि आजको दिन राम्रो रहेको छ। नयाँ काम तथा अवसर प्राप्त हुनेछन्। धन–सम्पत्ति प्राप्त हुने योग रहेको छ। व्यवसायमा प्रगति हुनेछ भने साझेदारबाट सहयोग मिल्नेछ।
कुम्भ
कुम्भ राशि हुनेहरूका लागि आज विभिन्न प्रकारका धन तथा रत्न लाभ हुने योग रहेको छ। पढाइमा मन जानेछ। स्वास्थ्यमा सुधार आउनेछ भने रोगमाथि विजय प्राप्त गर्न सकिनेछ। अध्ययनमा सफलता मिल्नेछ।
मीन
मीन राशि हुनेहरूका लागि आज व्यवसायमा विभिन्न बाधा–अड्चन आउन सक्छन्। सन्तानको स्वास्थ्यमा समस्या देखिन सक्छ। काममा जाँगर नलाग्ने तथा उत्साहमा कमी आउने सम्भावना रहेको छ।


