
झापा, २६ भदौ । झापाको झापा गाउँपालिकामा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेशले भदौ २० गते राति करिब ९ बजे ३८ वर्षीया महिलालाई घरबाहिर ट्युबेलमा भाँडा माझिरहेको अवस्थामा मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
पीडितले घटनाको पाँच दिनपछि भदौ २५ गते साँझ जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरी चौकी शरणामतिबाट टोली खटिएर आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पीडित महिलालाई स्वास्थ्य तथा शारीरिक परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


