झापा, ७ मंसिर । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, सोमबार राति पनि सोही मौसमी अवस्था रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Facebook Comments Box



