दुधे, ७ मंसिर । रश्मिकुमारी घिसिङको दोहोरो ह्याट्रिकको मद्दतले एपिएफ फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुधेमा सोमबार सम्पन्न खेलमा भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान बनाएको हो ।

एपिएफको जितमा रश्मिले ६ गोल गरिन् भने अनिता केसीले एक गोल थपिन् । खेलको प्लेयर अफ द म्याच घोषित रश्मिले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
अब सेमिफाइनलमा एपिएफले झापा–११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
Facebook Comments Box



