झापा, ७ मंसिर । सशस्त्र प्रहरी बल नेपालले झापाको भद्रपुरबाट १० लाख ६४ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
भद्रपुर नगरपालिका–५ मेची किनारस्थित निर्माणाधीन घरमा भन्सार छली ल्याएर लुकाइराखिएको अवस्थामा १५ बोरा लत्ताकपडा बरामद गरिएको हो ।

गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक विजय थापाको कमान्डमा खटिएको मोबाइल गस्ती टोली र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त सामान फेला पारेको थियो ।
बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि मंसिर ७ गते भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Facebook Comments Box



