झापा, ९ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
बिहीबार कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशका अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

