झापा, १० मंसिर । लामो समयदेखि गैरहाजिर रहेका एक प्राविधिक प्रहरी नायव निरीक्षक, एक प्रहरी नायव निरीक्षकसहित १४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका प्रहरी कर्मचारीलाई गैरहाजिर हुनुको मनासिब कारणसहित सात दिनभित्र उपस्थित हुन आग्रह गरेको हो ।

गैरहाजिर हुनेमा एक जना प्राविधिक सई, एक जना असई, दुई जना प्रहरी हवल्दार र १० जना प्रहरी जवान रहेका छन् ।
तोकिएको समयभित्र सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ९च० तथा नियम १०९ को देहाय ९ख० बमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।
प्रहरी प्रधान कार्यालयले सम्बन्धित प्रहरी कर्मचारीलाई गैरहाजिर हुनुको चित्तबुझ्दो कारण खुल्ने प्रमाणसहित तोकिएको समयभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

