दुधे, १२ मंसिर । दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुधे रंगशालामा हुने फाइनल खेलअघि शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने बताइसकेका छन् ।
एपिएफका प्रशिक्षक जिवेशकुमार पाण्डेले आर्मीसँगको प्रतिस्पर्धाका लागि टोली तयार रहेको बताए। आर्मीकी कप्तान दिपा राई र प्रशिक्षक राजु तामाङले पनि उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

