धनकुटा, १२ मङ्सिर । धनकुटाको सहिदभूमी गाउँपालिकामा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत कार्यालयका कर्मचारीको मृत्यु भएको छ । शुक्रवार साँझ करिब ७ः३५ बजेतिर विद्युत मर्मत गर्ने क्रममा करेन्ट लाग्दा फ्युज सेवाका कर्मचारीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सहिदभूमी गाउँपालिका–२ स्थित कबिर टोलका का ४३ वर्षीय रामकुमार राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकरी दिनुभयो ।

राई पिप्ले फ्युज सेवाको ज्यालादारी कर्मचारी रहनुभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्रान्सफर्रमरमा समस्या आएपछि पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेको डिएसपी क्षेत्रीले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

