
काठमाडौँ, ५ माघ । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर भन्दै शुक्रबार राति काठमाडौं ल्याएर महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत छन् ।
तर उनै केसीका विरुद्ध इलाममै अनशन बसेका विजय थापालाई भने शिक्षण अस्पतालले उपचार गर्न नमानेको समाचार बाहिर आएको छ । डा. केसी आफ्ना मागहरु हुवहु लागस हुन पर्ने अडानमा छन् भने थापा संसदमा प्रस्तुत विद्येयक जस्ताको तस्तै पारित गरेर केसीको माग पुरा गर्न नहुने पक्षमा छन् ।
केसीले अनशन सूरु गरेकै दिन इलाममा पुगेर अनशन बसेका थापाको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई पनि शुक्रबार राति नै सेनाको हेकिप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
उपचारको लागी शिषण अस्पताल पुर्याइएका उनलाई अस्पतालले उपचार गर्न मानेन । उनलाई शिक्षण अस्पतलाका डाक्टरहरुले उपचार गर्न नमानेका हुन् । उनको उपचार गर्न नमानेपछि थापा माईतिघर मण्डलाको चिसो भुईमा आएर पुन अनशन सुरु गरेको समाचार शुक्रबार साँझ क्षणभरमै भाईरल हुन पुग्यो । जसले शिक्षण अस्पताललाई दवाव हुन गयो र पुन एउटा एम्बुलेन्समा थपालाई माइतिघरबाट शिक्षण अस्पताल नै पुर्याइएको छ ।
केसीले अनशन नतोडुन्जेल र संसदबाट विद्येयक जस्ताको तस्तै पारित नहोउन्जेल थापाले अनशन नतोड्ने बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

