
काठमाडौं, ६ माघ । सरकारले डा। गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफरिस गरे बमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो ।
तर, निजी कलेजले मन्त्रिपरिषदको निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन् । त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले मन्त्रिपरिष्दको निर्णयलाई चुनौती दिँदै चर्को शुल्क असुले पनि सरकार मुकदर्शक बनेको छ । मेडिकल कलेजहरुल सरकारसँगकै मिलेमतोमा विद्यार्थीमाथि ठगी गरिरहेको सरोकारवालाको भनाई छ ।
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। गोविन्द केसीले सर्वसुलभ रुपमा चिकित्सा शिक्षा पाउनु पर्ने आवाज उठाउँदै आएका छन् । आजको नागरिक पत्रिकामा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

