
भद्रपुर, १७ माघ । नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखा तथा रोटरी क्लब अफ भद्रपुरको आयोजनामा एकदिने हाडजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गौरादह स्वास्थ्य चौकीमा सम्पन्न स्वस्थ्य शिविरमा ४१३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।
अर्थोपेडिक अस्पताका मेडिकल डाइरेक्टर डाक्टर युवराज खरेलको प्रत्यक्ष संलग्न रहेको शिविरमा डा. समीर कार्की, डा.अनिस ज्ञवाली तथा फार्मेसिष्ट क्षितिज गडतौलाको प्राविधिक टिमले स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
झापा जिल्लाका विभिन्न क्षत्रेमा रहेका हाडजोर्नी तथा नशा सम्बन्धी बिरामीलाई उनीहरुको घर–आँगनमा उपचार सेवा दिन सकियोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

