
पंकजा भण्डारी (नेपाल)
गौरादह, ५ फागुन । केटा केटीदेखि वृद्धवृद्धा सम्म ओठैमा झुण्डिने हर्लिक्स घरमा आफैँलेले बनाउन सकिन्छ भन्दा तपाँईलाई आश्चार्य लाग्न सक्छ । तर यो सत्य हो, बजारमा पाईने हर्लिक्स, बुस्ट, कम्प्लान्, वर्नभिटा जस्ता सक्ति बर्दक खाद्य पदार्थहरु गुणस्तरिय छन् की छैनन् भन्ने पिर एकातर्फ परिरहन्छ भनेँ अर्कोतर्फ अत्यन्तै महँगो मूल्यमा किन्नु पर्दा पैसाको पनि उतिनै खर्च हुने गर्दछ । आफ्ना नानीहरुलाई स्वस्थ राख्नको लागी अपरिहार्य मानिने काजु, वदाम, ओखर, किसमिस जस्ता पोसिला र सक्तिबर्दक खाद्य सामाग्रीको उचित मिश्रण द्धारा अतिनै स्वादिष्ठ र गुणस्तरिय खानेकुराहरु घरैमा बनाउन सकिन्छ ।
हर्लिक्स, कम्प्लान वा वुस्ट बनाउनको लागि आवश्यक सामाग्रीहरुः
— एक कप गँहु १
— हाडे बदाम ५० ग्राम
— बदाम ५० ग्राम
— मिल्क पाउडर ५० ग्राम
— सख्खर (गुण)
स्टेप १— सर्वप्रथम गहुँलाई राम्रोसँग सफा गर्ने । सफा गरिएको गहुँलाई दुई तिन पटक पानीमा पखालेर ७ ÷ ८ घण्टा ढड्याउने । राम्रो सँग ढाडिए पश्चात सुतीको भिजेको सफा कपडामा पोको पारेर हावा लाग्ने स्थानमा भुण्ड्याईदिने । समय समयमा हल्का पानी छ्याप्नु पर्छ । डेड दिन भित्रमा गहुँमा टुसा पलाउन थाल्दछ । गहँु राम्रोसँग अंकुरण हुन दिनु पर्छ । गहुँ अंकुरण गराउन २ स्टेप भएको प्लास्टिक कन्टेनरको प्रयोग गर्न पनि सकिन्छ । प्लास्टिक कन्टेनरको प्रयोग गर्दा समय समयमा पानी हाल्न बिर्सनु हुदैन । धेरै भएको पानी थिग्रिएर कन्टेनरको तल्लो भागमा जम्मा हुन्छ जसले गर्दा गहुँ राम्रोसँग अंकुरित हुन पाउँछ र स्प्राउटमा खराव स्मेल पनि आउदैन ।
स्टेप २ — फ्राईङ् प्यान लाई राम्रोसँग तात्न दिने र गोल्डेन कलर नहुन्जेलसम्म गहुँलाई भुट्ने । गहुँको दाना गोल्डेन कलरको भएपछि निकाल्ने । बदाम र हाडे बदामलाई पनि अगल–अलग भुट्ने ।
स्टेप ३ — फ्राई गरेको गहुँ सेलाउन नपाउदै मसिनो पारेर पिस्ने । पिस्नको लागि आफुसँग साधन नभएमा पिठो पिस्ने मिलमा पनि पिस्न सकिन्छ ।
स्टेप ४ — भुटेको बदाम र हाडेबदाम सेलाउने बित्तिकै जिपर प्लास्टिकमा हाल्ने र गिलास वा लोहोरोले हल्का पिस्ने । बदाम राम्रो सँग फुटेपछि प्लास्टिकबाट झिकेर त्यसलाई पनि मसिनो पाउडर हुने गरी पिस्नु पर्छ ।
स्टेप ५ — पाउडरलाई एक पटक राम्रो सँग छान्ने । (हर्लिक्स् बनाउनको लागि दाना नभएको मसिनो पिठो हुनै पर्छ)
यसरी तयार भएको पिठोलाई मिक्स गर्ने । ५० ग्राम दुध पाउडरलाई पनि मिक्स गर्ने । यदि गुलियोको मात्रा नपुगेको जस्तो भएमा आवश्यकता अनुसार गुण (सख्खर) हाल्न सकिन्छ । गहुँको सट्टामा बजारमा पाइने आँटा प्रयोग गर्न नसकिने होइन तर त्यसमा गुण्स्तरियताको सवाल रहन्छ र टुँसा पलाएको गहँुमा अत्यन्तै धेरै पोषण तत्व पाईने हुनाले पनि दाना गहुँकै प्रयोग गर्नु राम्रो हुन्छ । बदामको साथमा काजु, किसमिस, पिस्ता आदि पनि राख्न सकिन्छ ।
यसरी तयार गरिएको शक्तिबर्दक हर्लिक्स राम्रोसँग डब्बामा प्याक गरेर राख्ने र आवश्यकतानुसार सर्भ गर्ने ।
(भण्डारी गौरादह प्राविधिक शिक्षालयकी व्यवस्थापक तथा प्रमुख प्रशिक्षक हुनुहुन्छ ।)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

