
भद्रपुर, १० चैत्र । विश्व क्षयरोग दिवसको अवसर पारेर नेपाल क्षयरोग निवारण संस्था झापाले भद्रपुरबाट खकार परिक्षण सुरू गरेको छ । संस्थाले क्षयरोगीको पहिचान गरी उपचार मार्फत रोग निवारण गर्ने उद्देश्य राखेर खकार परिक्षण सुरू गरेको हो ।
संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा रेडक्रस भद्रपुरका सभापति गोपाल गिरीको प्रमुख आतिथ्यमा भद्रपुर ८ स्थित चन्द्रगढी विमान स्थल दक्षिण रहेको बस्तीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा वडा नम्बर ८ की वडा सदस्य भगवती बस्नेत, रेडक्रसकमीृ केदार महत लगायतले शुभकामना मन्तव्य रमखेका थिए भने दर्जनौं व्यक्तिको खकारको नमुना संकलन गरी परिक्षण गरिएको थियो ।
त्यस्तै, वीरेन्द्र नमूना क्याम्पस चन्द्रगढीको ११ औं क्याम्पस सभा विविध कार्यक्रम सहित सम्पन्न गरिएको छ ।
क्याम्पन व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षता तथा समाजसेवी इन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत, अतिरिक्त कृयाकलापका उत्कृष्ट छात्र छात्रालाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, चन्द्रगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारी, वीरेन्द्र माविका प्रधान अध्यापक टंकनाथ पाण्डे लगायतले शुधकामना मन्तव्य राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

