
मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका कारण निर्देशक मधुर भन्डारकर डिप्रेसनमा परेका छन् ।
ऐश्वर्या र मधुरबीचको विवादले भारतीय मिडियामा त्यसवेला पनि निकै स्थान पाएको थियो । मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराएका थिए । ऐश्वर्याले फिल्म त साइन गरेकी थिइन्, उनी गर्भवती भएको कुरा बताएकी थिइनन् । भन्डारकरको पहिलो रोजाइमा थिइन्, ऐश्वर्या ।
निर्देशक मधुरले उक्त फिल्म बनाउन डेढ वर्षदेखि रिसर्च गरेका थिए । निर्देशक मधुरको यो फिल्म ड्रिम प्रोजेक्ट थियो । जब निर्देशक मधुरले ऐश्वर्या गर्भवती भएको थाहा पाए, तब उनले ऐश्वर्यालाई फिल्मबाट निकालिदिए । त्यसपछि निर्देशक मधुर डिप्रेसनको सिकार भएका थिए । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

