
विर्तामोड, २० बैशाख । लाली गुराँस टोल विकास संस्था विर्तामोड–४ ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
ओमसाई हस्पिटल भद्रपुरको सहयोगमा सञ्चालित विशेषज्ञसहितको शिविरमा १८१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । सो अवसरमा एक लाख ७५ हजार मूल्य बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए ।
विर्तामोड नगरपालिका–४ नम्बर वडाका वडाध्यक्ष कुलप्रसाद संग्रौलाले उद्घाटन गरेको शिविरमा कार्यक्रमको औचित्य माथि प्रकाश तथा स्वागत अम्बिकाप्रसाद न्यौपानेले गर्नुभएको थियो भने प्रेमा भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गोपी अधिकारीले गर्नु भएको थियो ।
शिविरमा फिजिसियन, स्त्री रोग, नाक, कान, घाँटी लगायतका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

