
सान नेपाल
गौरादह, २३ असार । बैगुन्धुराबाट दमकको लागि हिडेको ग १ ख ५३५ नं. को यात्रुबस गौरादह– २ को दहलु भन्ने ठाउँमा पल्टिएको छ ।
बैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने हिलाम्मे सडकबाट हिड्नुपर्ने बाध्यताका कारण गाडी पल्टिएको जानकार बताउँछन् । उक्त बसमा सवार तिनजना यात्रु सकुशल रहेको स्थानीय युवा बिसन बस्नेतले बताए ।
बस्नेतले दिएको जानकारी अनुसार हिलाम्मे बाटोमा गाडी अनियंत्रित भएर दहमा पल्टिएको थियो । दुर्घटना हुने बित्तिकै स्वयं ड्राइभर रहेका गाडी मालिक फरार रहेका छन् । झलक्क हेर्दा गाडी निकै पुरानो देखिन्छ, गलत दिसामा पल्टिएको कारणले शंका पैदा गरेको छ, गाडी मालिक स्वयं चालक भएता पनि गाडी छोडेर फरार भएको देखिएकोले थप शंका थपियो,– प्रत्यक्षदर्शी बस्नेतले भने ।
गौरादहको डिपुबाट कमलगाउपालिका र गौरादहको वार्ड नं.–९ लाई जोड्ने पुल बिगत ६÷७ बर्ष देखि निर्माणक्रममै रहेकोेले आवतजावतमा अत्यन्तै कठिनाइ भएको छ । एउटा साधारण पुल निर्माण गर्दा वर्षौ लाग्नु लाई रहस्यपूर्ण रूपमा हेरिएको छ । खोलाको पुल बनाउन ढिलासुस्तीले गर्दा आवत जावतका लागि सवारी साधनहरु ग्रामीण भेगका असजिला बाटाहरुमा विकल्प खोज्न बाध्य छन् ।
भट्टा व्यवसायीहरुले बर्सेनी टुक्रा इटा हालेर पुललाई सामान्य आवात–जावतको लागि सहयोग गर्ने गरेकाले खासै समस्या थिएन तर यो पटक भने वर्षादको मौसममा पहिले निर्माण गरिएको पिल्लरहरु सबै भत्काएर पुनः निर्माण गर्न थालियो, जसको कारणबाट आवत जावत पुर्णरूपमा अवरुद्ध भयो स्थानीय भन्छन् ।
निर्माण गरिएको पिल्लरहरु भत्काउनुको कारण भने बुझ्न सकिएको छैन । बैकल्पिक बाटोको रूपमा खोलाको बगरलाइ नै प्रयोगमा ल्याइएको भएतापनि बाढी आएपछि थप समस्या भएको पाइएको छ ।
दिनहुँ जेसिवीले खोलाको बगरमा बालुवा थुपारेर गाडीहरु पास गराएको महिनौं भइसक्यो, भेलबाढी आएपछि अताल्लिएर कहाँ हुन्छ ? समयमा काम गर्न नसक्दा समस्या निम्तिएको हो,– सोलमारी घरभइ गौरादहमा कार्यरत शिक्षक दयाराम काफ्ले प्रश्न गर्छन् ।
पुलनिर्माणको बारेमा सडक डिभिजनसँग बारम्बार कुराकानी भएको र आगामी आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरेकाले यो बर्ष मात्र समस्या हुने वार्ड अध्यक्ष नगेन्द्र भण्डारी बताउँछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

