
काठमाडौं, २९ असार । सरकारले गरीबको पहिचान गर्दै परिचय पत्र वितरण शुरु गरेको छ ।
गरीबको वर्गीकरण गरे अति गरीबलाई रेडकार्ड, मध्यमलाई पहेँलो कार्ड वितरण शुरु गरेको हो । २६ जिल्लामा पहिचान भएका गरिब परिवारका लागि आजदेखि परिचय पत्र प्रदान गर्न थालेको हो ।
सरकारी अभियान सुरु भएसँगै अब तत्काल ३ लाख ९१ हजार ८३१ घर परिवारले गरिबीको परिचयपत्र पाउनेछन् । सरकारले गरिबीका आधारमा तीन प्रकारका काडइ वितरण गर्नेछ ।
चरम गरिबले रातो कार्ड पाउनेछन् भने मध्यम गरिवले पहेँलो कार्ड र सामान्य गरिबले नीलो कार्ड पाउनेछन् । मानव विकास सूचकांक भन्दा तल रहेका जिल्लाहरुबाट परिचयपत्र वितरण सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
यस अनुसार अब १ लाख ८८ हजार २ सय ३२ परिवारले रातो, १ लाख २९ हजार ७५४ ले पहेँलो र ८३ हजार ८४५ परिवारले नीलो कार्ड पाउनेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

